प्रहार समाचार । तनहुँ, कार्तिक १३ सोमबार ।
तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्बर ७ रम्गाटार स्थित जंगलमा अरिङगाल पोल्न जाने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भानु नगरपालिका वडा नम्बर ४ फलाखेत निवासी ३२ वर्षीय राजकुमार तामाङ रहेका छन् । उता सोहि स्थान निवासी २६ वर्षीय धनबहादुर तामाङ भने घाईते भएका छन्।
अरिङगलले चिल्ने बित्तिकै दुबैजनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार पछि थप उपचारकालागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएकोमा राजकुमार तमाङको सोमबार विहान ४.३० बजेको समयमा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहन बहादुर थापाले बताए । घाईते धनबहादुर तमाङको उपचार भइरहेको छ ।
























