प्रहार समाचार । कार्तिक १२ आइबार ।
चार वेद १८ पुराणका रचनाकार भगवान वेद व्यासको पवित्र व्यास भूमिलाई विश्वमाझ प्रचारप्रसार गरी सृष्टिको विधान नै वेद भएकाले यसको अनुशरण गर्नुपर्ने बताइएको छ ।
व्यास अन्न क्षेत्रका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदरबाबाले व्यास नगरपालिका वडा नं – ३ व्यास गुफामा यहि कार्तिक १ गतेबाट सुरु भएको एक महिने आठौं विश्व ॐकार तथा हिन्दु महामिलन पर्व २०८० को वारेमा ‘प्रहार समाचार’ संङ्ग कुरागर्दै सृष्टिको विधान नै वेद भएकोले वेदको ठूलो महत्व रहेको बताए ।
‘विश्वको विधान नै वेद भएकोले चारवेद अठार पुराणका रचनाकार भगवान वेदव्यासको पावन भूमिलाई विश्वमाझ चिनाउनु अहिलेको आवश्यकता हो’ बाबाले थपे।

पछिल्लाे समय गाैमाताकाे हत्याजस्ताे जघन्य अपराधिक कृयाकलापमा केहि लागेकाे उल्लेख गर्दै शान्ति स्वारुपानन्द दामाेदर बाबाले त्यस्ता तत्वहरुकाे कहिल्यै भलाे नहुने र तिनिहरुलाई सरकारले जेल हाल्नु पर्ने बताए।
व्यास गुफाका गुरु गाेविन्द शरणले अहिले हिन्दु धर्म माथि चाैतर्फी आक्रमण भएकाे र गाैमाताकाे अपमान गर्नै काम भएकाले यस तर्फ सरकारले कानुन बमाेजिम कारवाहि गर्नु पर्ने माग राखे।
पाँचथर घर भई व्यास क्षेत्र तथा व्यास गुफा भ्रमणमा आएका डा उमेश ढंगाना पवित्र व्यास भूमिको ठूलो महत्व रहेकोले यस भूमिमा पाइला टेक्न पाउदा आफुँलाई धन्य महसुस गरेको बताए । याे अलाैकीक पावन भभूमिकाे बिकासमा स्थानिय, प्रदेश र केन्द्र सरकार लाग्नु पर्ने बताउदै व्यास र पराशर क्षेत्रकाे संयुक्त रुपमा बिकास भएकाे खण्डमा सुनमा सुगन्ध हुने बताए।
काठमाण्डौ घर भई हाल नेपाल प्रहरीका डिएसपी डाक्टर पुनम पाठकले यस पावन भूमिको विकास र प्रचारप्रसारमा लाग्नुपर्नै बताउदै यस भूमिको महत्व ठुलो रहेको बताईन् । ‘जसरी लुम्बिनीको प्रचार प्रहार विश्वमाझ पुगेकाे छ त्यसरीनै व्यास भूमिलाई विश्वमाझ पुर्याउनु पर्छ’ डिएसपी पाठकले थपिन् ।
वेद् अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समिति व्यास-३ को आयोजनामा उक्त महामिलन पर्व यहि कार्तिक ३० गतेसम्म चल्ने छ । महामिलन पर्वमा स्वदेश तथा विदेशका भकडानहरुको उल्लेख्य उपस्थिति रहने तथा ख्यातिप्राप्त विद्धावन व्यक्तित्वहरूबाट दैनिक प्रवचन, कथा वाचन, भजन किर्तन हुने आयोजक समितिले जनाएको छ ।
























