हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको भाउ अहिलेसम्मकै महँगो

प्रहार समाचार । काठमाडौं, कार्तिक १२ आइतबार ।
सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानिय बजारमा आइतबार छापावालको सुनको मूल्य प्रतितोला  एक लाख १७ हजारमा कारोवार भई अहिले सम्मकै महङ्गोमा कारोवार भएको रेकर्ड कायम गरेको छ।

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ। 

त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो। 

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button