प्रहार समाचार । काठमाडौ, कार्तिक १२ आइतबार ।
मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद् भवन अगाडि प्रदर्शन गरेको छ। । विभिन्न प्लेकार्डसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
समाजका संस्थापक सभापति कृष्ण पहाडी,सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाललगायतलाई प्रहरीले नियन्त्रणमा हो ।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडी उनिहरू प्रदशनमा उत्रिएका हुन् ।
फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै समाजले प्रदर्शन गरेको थियो । सहभागिहरुले हत्यारालाई आममाफी, नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
























