हेडलाईनसमाचारप्रदेश

मुगु जिल्लाको मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या

प्रहार समाचार | मुगु, कार्तिक ११ शनिबार ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका -६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ। हत्या हुनेहरुमा २८ वर्षीया श्रीमति श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर, ८ वर्षीया छोरी छिता र ११ वर्षीय  छोरा मनोज बोहोरा रहेका छन्। उनिहरू सबै घाँटी रेटेर हत्या गरेको अवस्थाम फेला परेका थिए। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ। 

घरभित्र हत्या गरिएको अवस्थामा चारैजनाको शव दे‍खेपछि शुक्रबार बिहान ९ बजेतिर छिमेकीले प्रहरीलाई  खबर गरेका थिए। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरेको प्रहरीले जनाएको  छ। 

 हत्या भएको  खबर पाउन वित्तिकै पिना प्रहरी  चौकी र  जिल्ला प्रहरी  कार्यालयबाट  प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी  नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार घटना दुई दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको  छ।  कार्त्तिक ८ गते बिहानदेखि सो घरमा ताला लगाएको थियो। लामो समयसम्म घरको ताला नखोलेपछि छिमेकीले शुक्रबार  बिहान  ९ बजेतिर ढोका खोलेर हेर्दा चारैजनाको विभत्सरुपले हत्या गरिएको अवस्थामा देखेका थिए।

अहिले  प्रहरीले  घटना स्थललाई घेरा हाली अनुसन्धानको प्रक्रिया  अगाडि बढाउँदैछ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजाने प्रहरीले जानकारी  दिएको छ।

 हत्या गरिएकी महिलाले लगाएको गहना समेत चोरी भएको प्रहरीले बताएको छ। गहना निकालिएकाले धनमाल समेत  चोरी भएको  हुनसक्ने प्रहरीको अनुमान छ।

ती  महिलाका श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा रहेको छायानाथ रारानगरपालिका- ६ का वडा अध्यक्ष  खेम रावलले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button