हेडलाईनव्याससमाचारगण्डकी

तरुण पत्रकारीता पुरस्कारबाट पत्रकार पौडेल सम्मानित

प्रहार समाचार । तनहुँ,कार्तिक ११ शनिबार ।

तरुण पत्रकारीता पुरस्कारबाट पत्रकार श्रीहरी पौडेल सम्मानित भएका छन् ।

नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७१ औ स्थापना दिवसका अवसरमा पत्रकार पौडेललाई उक्त पुरस्कार सहित सम्मानित गरेको हो । नेपाल टेलिभिजनका जिल्ला संवाददाता  रहेका पाैडेललाई नगद पाँच हजार सहित प्रमाणपत्रले सम्मान गरिएकाे हाे।

नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले शुक्रवार स्थापना दिबसको दिनमा एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप  पौडेललाई सम्मान गरिएको अध्यक्ष हिरा थापाले बताए । उधमसिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप  सम्मान गरिएको हो । आगामी दिनमा तनहुँ जिल्लाका युवा उद्घमी महिला र पुरूषलाई समेत छिटै अक्षयकोष बनाएर पुरस्कृत गर्ने योजना अनुरुप अगाडी बढेका छौ, उनले भने ।

तरुण दलले शुक्रबार नै  व्यास नगरपालिका-५ बेनीपाटन स्थित पराेपकार ज्येष्ठ नागरिक आश्रममा जेष्ठ नागरिकहरूलाई खाद्यान्न सामाग्री सहित गरि सामुहिक भाेजन समेत गराएको थियो।

कार्यक्रममा तरूण दल आगामी दिनमा अझै युवामाझ आशा भराेषा बढाउन सक्नुपर्ने काङ्ग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले बताए । उनले तरूण दलले युवाहरूमा नेतृत्व विकास एवं प्रशिक्षण कार्यक्रमलाई समेत अगाडि बढाउनुपर्ने बताए । तरूण दलकाे एकता, हार्दिकता र फैलावट समेत अझै बढाउनुपर्ने न्याैपानेकाे जोड थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button