हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँमा बलेरो जिप सडकबाट ५० मिटर तल खस्यो, ६ जना घाइते

प्रहार समाचार । तनहुँ, २६ कात्तिक २०८३ बिहीबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

आज दिउँसो दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्न पुगेको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोटका ३२ वर्षीय शिवबहादुर गुरुङ, २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रणबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ रहेका छन्। उनीहरू सबैलाई उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौडा पठाइएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित सात जना सवार रहेकोमा एक जना भने सकुशल रहेको र गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारण खुलेको छैन।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button