आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँमा प्रहरीको विशेष अपरेसन : एकैदिन ३३ जना नियन्त्रणमा

प्रहार समाचार । तनहुँ, २६ कात्तिक २०८३ बिहीबार । लागुऔषध, जुवातास, अवैध मदिरा र चोरीलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले सञ्चालन गरेको विशेष सर्च एण्ड स्विप अपरेसनमा एकैदिन ३३ जना पक्राउ परेका छन्।

जिल्लाका विभिन्न स्थानमा बुधबार सञ्चालन गरिएको अभियानका क्रममा नियन्त्रणमा लिइएकामध्ये २९ जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट परिचालित टोलीले लागुऔषध नियन्त्रण, जुवातास रोकथाम, अवैध मदिरा नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, शान्ति सुरक्षा कायम तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन रोक्ने उद्देश्यले अपरेसन सञ्चालन गरेको हो।

अभियानका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । प्रहरीको यो अभियानले जिल्लामा गैरकानुनी गतिविधि गर्नेहरूमाथि निगरानी र कारबाहीलाई थप तीव्र बनाएको संकेत गरेको छ। शान्ति सुरक्षा मजबुत बनाउँदै आपराधिक तथा अवैध गतिविधि नियन्त्रण गर्न सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button