हेडलाईनसमाचारबागमतीखेलकुद

नेपालले मन जित्यो, डेभिड वार्नर भावुक हुँदै फर्किए : आतिथ्य र नेपालीको प्रशंसामा खुलेरै प्रशंसा

प्रहार समाचार । काठमाडौं, २६ कात्तिक २०८३ बिहीबार । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नेपाल भ्रमणपछि नेपाली आतिथ्य, क्रिकेटप्रतिको लगाव, प्राकृतिक सौन्दर्य र नेपाली जनताको खुलेर प्रशंसा गरेका छन्।

नेपालबाट फर्किएपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले नेपालले आफूलाई पूर्ण रूपमा प्रभावित पारेको बताएका छन्। उनको सन्देशले नेपाल केवल हिमाल र प्राकृतिक सुन्दरताको देश मात्र नभई विदेशी खेलाडीको मन जित्न सक्ने आतिथ्य र आत्मीयताको धनी मुलुक भएको सन्देश दिएको छ।वार्नरले नेपालमा पाएको अतुलनीय आतिथ्य, क्रिकेटप्रतिको उत्साह, मनमोहक प्राकृतिक दृश्य र सबैभन्दा महत्त्वपूर्ण नेपाली जनताको आत्मीयतालाई जीवनभर नबिर्सने अनुभवका रूपमा चित्रण गरेका छन्।

उनले खुला हृदयले स्वागत गरेकोमा नेपालीलाई धन्यवाद दिँदै नेपालले आफ्नो मनमा विशेष स्थान बनाएको उल्लेख गरेका छन्। क्रिकेटप्रतिको नेपाली मोह र विदेशी पाहुनालाई गर्ने सम्मानले विश्वस्तरका खेलाडीसमेत प्रभावित हुनुले नेपालको सकारात्मक पहिचानलाई थप बलियो बनाएको छ।

उनले आफ्नो सन्देशको अन्त्यमा ‘अर्को भेटसम्मका लागि नेपाल’ भन्दै पुनः नेपाल आउने संकेतसमेत गरेका छन्। वार्नरको यो अभिव्यक्ति केवल एक विदेशी खेलाडीको भ्रमण अनुभव मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा नेपालको सम्भावना, पर्यटनको आकर्षण र नेपाली आतिथ्यको प्रभाव उजागर गर्ने सन्देश पनि हो। विश्वका चर्चित खेलाडीको मन जित्ने नेपालले अब क्रिकेट पूर्वाधार, खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पनि त्यत्तिकै गम्भीर भएर अघि बढ्नुपर्ने देखिन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button