आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

देउवा पक्षले तनहुँ कांग्रेसको कमान्ड गौतमलाई सुम्पियो

प्रहार समाचार । तनहुँ, १० असोज २०८३ शनिबार । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको राजनीतिक सरगर्मी बढिरहेका बेला डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेस १५औँ महाधिवेशन आयोजक तयारी समितिले तनहुँका प्राडा कृष्णप्रसाद गौतमलाई तनहुँ जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।

केन्द्रबाट गौतमलाई संयोजक तोकिएसँगै तनहुँ कांग्रेसमा देउवा पक्षको संगठनात्मक गतिविधि थप सक्रिय हुने देखिएको छ। कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य गौतम लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन्। उनको जिम्मेवारीलाई आगामी महाधिवेशनमा संगठन परिचालन र जिल्ला तहको राजनीतिक व्यवस्थापनसँग जोडेर हेरिएको छ।

गौतमको नेतृत्वमा जिल्ला कार्यसमिति विस्तारसँगै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइनेछ। संयोजकको जिम्मेवारी पाएसँगै अब तनहुँ कांग्रेसमा संगठन विस्तार, प्रतिनिधि व्यवस्थापन र महाधिवेशन केन्द्रित गतिविधिले गति लिने बताइन्छ । अ



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button