आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङऋषिङबागमतीभिमादम्याग्देशुक्लागण्डकी

तनहुँका१० पालिकामा कांग्रेसको नयाँ नेतृत्व : १५औँ महाधिवेशनले छान्यो पालिका सभापति

प्रहार समाचार । तनहुँ, ८ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० पालिकामा नयाँ नेतृत्व चयन भएको छ। पालिका अधिवेशनबाट नगरपालिका र गाउँपालिकाका सभापतिहरू निर्वाचित भएसँगै जिल्लामा कांग्रेसको स्थानीय तहको संगठनात्मक नेतृत्वले नयाँ स्वरूप पाएको हो।

निर्वाचित नेतृत्वमा व्यास नगरपालिकाको सभापतिमा तुलसीराम सापकोटा चयन भएका छन्। त्यस्तै शुक्लागण्डकी नगरपालिकाको सभापतिमा कृष्णप्रसाद रेग्मी, भानु नगरपालिकामा राजन श्रेष्ठ, भिमाद नगरपालिकामा अर्विन श्रेष्ठ र ऋषिङ गाउँपालिकाको सभापतिमा याम सारु मगर निर्वाचित भएका छन्।यसैगरी घिरिङ गाउँपालिकाको सभापतिमा सुमन थापा, म्याग्दे गाउँपालिकामा नरसिं राना, बन्दीपुर गाउँपालिकामा परशुराम अधिकारी, देवघाट गाउँपालिकामा अर्जुन अधिकारी र आँबुखैरेनी गाउँपालिकाको सभापतिमा सोम दर्लामी निर्वाचित भएका छन्।

कांग्रेसको पालिका तहको नेतृत्व चयनसँगै अब स्थानीय संगठन सञ्चालन, कार्यकर्ता परिचालन र आगामी राजनीतिक गतिविधिमा निर्वाचित सभापतिहरूको भूमिका महत्वपूर्ण हुने देखिएको छ। पालिका तहमा नेतृत्व चयनलाई कांग्रेसको संगठन विस्तार तथा तल्लो तहसम्मको पार्टी संरचना थप सक्रिय बनाउने प्रक्रियाका रूपमा हेरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button