हेडलाईनसमाचारगण्डकीभिमाद

भिमाद कांग्रेसमा अरविन श्रेष्ठको नेतृत्व, कोषाध्यक्षसहित ९ सदस्य मनोनयन बाँकी

प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । नेपाली कांग्रेस भिमाद नगर कार्यसमितिले दोस्रो नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले अरविन श्रेष्ठलाई नगर सभापतिमा निर्विरोध चयन गर्दै नगरको संगठनलाई नयाँ नेतृत्व प्रदान गरेको हो। अधिवेशनबाट महिला उपसभापतिमा याममाया थापा र पुरुष उपसभापतिमा चन्द्रप्रकाश सुवेदी चयन भएका छन्।

त्यसैगरी सचिवमा गणेशप्रसाद गैह्रे तथा सहसचिवमा सन्तराम थापा चयन भएका छन्। नगर कार्यसमितिको कोषाध्यक्ष भने पछि मनोनित गरिने नेपाली कांग्रेस भिमादले जनाएको छ। नगर कार्यसमिति सदस्यमा सुमन रतन, बर्कट अलि मियाँ, काशीका राना, सूर्यबहादुर विश्वकर्मा र सावित्री विक चयन भएका छन्। जिल्ला सदस्यमा माधव लम्साल र रोमाया थापा चयन भएका छन्। वडागत प्रतिनिधित्व हुने नगर कार्यसमिति सदस्यमा कविता लम्साल, अहमद करिम मियाँ, गुञ्जबहादुर थापा, ओमकला थापा, ओमबहादुर सिंह, रचना शर्मा, उदयकृष्ण गैह्रे, पुनम श्रेष्ठ, होमनाथ कँडेल, आरती थापा, गोपाल सुनार, देवी खनाल, शुकबहादुर कुँवर, ध्रुवप्रसाद मल्ल र सविता थापा चयन भएका छन्।

निर्वाचन समिति संयोजक केशवराज काफ्लेका अनुसार नगर कार्यसमितिमा अझै ९ जना सदस्य मनोनित गर्न बाँकी रहेको छ। कोषाध्यक्षसहित बाँकी सदस्य मनोनयनपछि कार्यसमितिले पूर्णता पाउनेछ। नवनिर्वाचित नगर सभापति श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, जिल्ला सहसचिव मिलन आले तथा नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ का सभापति चुडामणि खनालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button