शिक्षाहेडलाईनव्याससमाचारगण्डकी

विद्यार्थीलाई लागुऔषध र साइबर अपराधबाट बच्न तनहुँ प्रहरीको सचेतना

प्रहार समाचार । तनहुँ, ८ असार २०८३ सोमबार । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुव्र्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजना तथा सामुदायिक सेवा केन्द्र दमौलीको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी तथा शिक्षक गरी करिब १०० जनाको सहभागिता रहेको थियो।

 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी निरीक्षक अमृत लामिछानेले पछिल्लो समय युवापुस्तामा बढ्दै गएको लागुऔषधको प्रयोग, त्यसका कानुनी तथा सामाजिक असर, साथै सामाजिक सञ्जालमार्फत हुने विभिन्न साइबर अपराधबारे जानकारी गराएका थिए।

उनले प्रविधिको सही प्रयोग गर्न र अपरिचित व्यक्तिको प्रलोभन तथा भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे।कार्यक्रममा साइबर बुलिङ, अनलाइन ठगी, फेक आइडी, व्यक्तिगत विवरणको दुरुपयोग लगायतका विषयमा समेत सचेतना प्रदान गरिएको थियो। विद्यार्थीलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल अभिभावक, शिक्षक वा प्रहरीलाई जानकारी गराउन सुझाव दिइएको थियो। सहभागिहरूले समेत जिज्ञासा राख्दै विभिन्न प्रश्न गरेका थिए।

विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले विद्यार्थीलाई असल नागरिक बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए। उनले लागुऔषध र साइबर अपराधबाट युवा पुस्तालाई जोगाउन विद्यालय, अभिभावक, समुदाय र प्रहरीबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button