हेडलाईनसाहित्यप्रदेश

प्रहार साहित्य : गजल

कमजोर हुनु यति अभिसाप रहेछ।
प्रिय खरानीमा अझै पनि ताप रहेछ

फिर्ता पठाएछौ उपहारको कमिज,
ठूलो भएछौ म सँग पुरानै नाप रहेछ ।

डो ।ली चढेर हिँड्नुहुन्छ कसरी खोजौँ,
यहाँ त हिँड्नेको पाउको छाप रहेछ।

हातमा गुलाब ओठमा मुस्कान थियो,
मैले माया सम्झिएँ अहो धराप रहेछ।

सबै रोएका होलान् झैँ लागेको थियो,
जो जलेको छ ऊ भने चुपचाप रहेछ।

  • गोरखा


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button