
कमजोर हुनु यति अभिसाप रहेछ।
प्रिय खरानीमा अझै पनि ताप रहेछ
फिर्ता पठाएछौ उपहारको कमिज,
ठूलो भएछौ म सँग पुरानै नाप रहेछ ।
डो ।ली चढेर हिँड्नुहुन्छ कसरी खोजौँ,
यहाँ त हिँड्नेको पाउको छाप रहेछ।
हातमा गुलाब ओठमा मुस्कान थियो,
मैले माया सम्झिएँ अहो धराप रहेछ।
सबै रोएका होलान् झैँ लागेको थियो,
जो जलेको छ ऊ भने चुपचाप रहेछ।
- गोरखा



























