प्रहार समाचार । काठमाडौँ, २० असोज २०८२ सोमवार । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदलीको अवस्था रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



























