हेडलाईनसमाचारमनोरञ्जन

नोरा फतेही काठमाडौंमा: डान्स मार्फत नेपाली दर्शकलाई नचाउने तयारी

प्रहार समाचार । काठमाडौँ ,३ जेठ २०८२ शनिवार | — चर्चित बलिउड नृत्य कलाकार तथा अभिनेत्री नोरा फतेही आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेकी छन्। दुबईबाट नेपाल आएकी उनलाई विमानस्थलमा कार्यक्रम आयोजकले भव्य स्वागत गरेका थिए। भिआइपी कक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नोराले नेपाल पहिलोपटक आउन पाउँदा निकै खुसी लागेको बताइन्। उनले भने, “नेपाली फ्यानहरूले मेरा गीतमा बनाएका भिडियोहरू ह्यासट्याग र मेन्सन गरेर जुन माया देखाउनुहुन्छ, त्यो प्रशंसनीय छ।” नोरा आज बेलुकी बौद्धमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो चर्चित गीत ‘स्नेक’मा विशेष प्रस्तुति दिनेछिन्। उनी पहिले नै नेपाल आउने योजना भए पनि अहिले बल्ल समय मिलेको उल्लेख गरिन्।

उक्त कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो। कार्यक्रममा नोरा फतेहीसँगै नेपाली कलाकार दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ प्रतिभा प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, र इन्द्रकला राई समेतले प्रस्तुति दिनेछन्।

कार्यक्रमको टिकट बिक्री खल्तीIME Pay मार्फत जारी रहेको छ। इभेन्ट म्यानेजर मनीष कार्कीका अनुसार नोरा फतेही आइतबार बिहान काठमाडौंका सांस्कृतिक स्थलहरूको भ्रमण गर्नेछिन् र अपराह्न दुबई फर्किनेछिन्। उनको २३ सदस्यीय सांगीतिक तथा व्यवस्थापन टोली भने एक दिनअघि नै नेपाल आइसकेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रा.लि. का अध्यक्ष देव मगरले जानकारी दिए।
तस्वीरहरू : गोपीकृष्ण चापागाईं


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button