• सुशिल बि. क. ( प्रहार संवाददाता) तनहुँ, १९ बैशाख २०८२ शुक्रवार । पछिल्लो समय युवा यूवतीहरू बेरोजगार भएर त्यक्तिकै बस्न परेको अवस्थामा तनहुँको व्यास नगरपालिका वडा नं.-२ को कार्यालयले युवा यूवतीहरुलाई रोजगारीको सृजना गर्न थालेको छ।

वडामा धेरै नै बेरोजगार युवा युवतीहरु भएपनि वडा कार्यालयले २५ जना युवा युवतीहरुलाई एक महिने आधारभुत वारिष्ता तालिम प्रदान गरेर स्वरोजगारको ढोका खोलेको हो ।
वडा अध्यक्ष काशिराम श्रेष्ठ वडामा बेरोजगार युवा यूवतीहरुलाई स्वरोजगार सृजना गरि बेरोजगारी हटाउने बताउँछन्।

वडा सदस्य सुरेश वाग्लेल पछिल्लो समय शहर र गाउँबाट युवा यूवतीहरु विदेश पलायनको दर दिन प्रतिदिन बढ्नु दुःखद् पक्ष भएको बताउँदै स्वदेशमा नै रोजगारीको सृजना गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिन्छन्।

वडा सदस्य सदस्य जंगत बहादुर बानिया, सविता रसाईली ,रफत साना मिया ,पत्रकार अमरराज नहरर्की, प्रशिक्षक अन्जिल मिया लगाएले युवाहरुलाई स्वरोजगार बताउनुका साथै आयआर्जनको पेशा सृजना गर्न सके विदेशीनेहरुको संङ्ख्यामा पनि कमि हुने बताउँछन्। सहभागीहरुले गत फागुन ११ गतेबाट आज सम्म प्रशिक्षण लिएका तथा आफुहरुले छिट्टै व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

























