हेडलाईनसमाचारप्रदेश

विद्यार्थी  साह मृत भेटिएको घटनाको दोषीलाई कारबाहीको माग गर्दै पिके क्याम्पसमा प्रदर्शन

प्रहार समाचार । काठमाडौँ, १९ बैशाख २०८२ शुक्रवार । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै राजधानी काठमाडौँमा रहेको पद्मकन्या कलेजका विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् ।

स्ववियुका नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै गकालो मास्क लगाएर प्रदर्शन गरिएको स्ववियु सभापति भूपि ऐरले बताइन ।
  ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड बोकी  घटनामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरेको सभापति ऐरले  बताइन् ।

पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी रहेको समाचार श्रोतले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button