प्रहार समाचार । अस्ट्रेलिया, १६ बैशाख २०८२ मङ्गलवार । हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित ‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजना गर्ने घोषणा भएको छ ।

विबाहित महिलाहरुको सहभागीतालाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको जनाएको छ। महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको बताइएको छ।
विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्ष देखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको जनाएको छ। कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलिया भर विभिन्न पेशा व्यवसायीको रुपमा काम गरि रहनु भएका विबाहीत महिलाहरु सहभागी हुन पाउने छन्। कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको जनाइएको छ। छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण प्रदान गर्ने भएकी छन्। कार्यक्रमको सिजन मिडियाले व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने जनाइएको छ ।

प्रतियोगिताका विजेताहरुले ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिन छ । कार्यक्रमको लेटमिइन कोरीयन स्कीन हस्पिटल नेपालको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिनुका साथै अन्य उपहारहरु पनि प्रदान गरिने बताइएको छ। यस अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने आयोजक हिमाली कल्चरग्रुप मेलवनका प्रमुख नविन श्रेष्ठले बताए ।


















