प्रहार समाचार । काठमाडौँ, १६ बैशाख २०८२ मङ्गलवार । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार हिंजो प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज प्रति तोलामा पाँच सय बढेर एक लाख ८८ हजार ८ सय कायम भएको छ।
चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।


















