हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

कम्प्युटर एसोसिएसन लमजुङको अध्यक्षमा गुरुङ

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार ।  लमजुङ, १२ मंसिर २०८१ बुधवार ।  कम्प्युटर एसोसिएसन नेपाल महासंघ – लमजुङको अध्यक्षमा हस्तबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

लमजुङको वेसिशहरमा हिंजो  सम्पन्न संघको  १६ औं बार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले व्यवसायी गुरुङलाई अध्यक्षमा  सर्वसम्मत निर्वाचित गरेको हो  समितिको उपाध्यक्षमा रामप्रसाद भुसाल,सचिवमा सुनाराम विश्वकर्मा,सह-सचिबमा विश्वर श्रेष्ठ र कोषाध्यक्षमा संजोग लामिछाने  सर्वसम्मत चयन भएका छन् ।

 यसै गरि सदस्यहरुमा-सुदीप पन्थ र रुपेश थापा  मगर  र केन्द्रीय प्रतिनिधीमा निवर्तमान अध्यक्ष कृष्ण भुसाल सर्वसम्मत चयन भएका छन् । कम्प्युटर एसोसिएसन नेपाल  महासंघ लमजुङका अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको  कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय सदस्य तुलसीराम पाण्डे  उदघाटन गर्दै सूचना प्रविधिको क्षेत्रमा क्यानको योगदान अतुलनीय रहेको बताए ।


कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका महासचिव विपिन श्रेष्ठ,  सदस्य सरोज शर्मा वाग्ले लगायत क्यानमा आबद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो  ।कार्यक्रममा  महासंघका उपाध्यक्ष हस्तबहादुर गुरुङले स्वागत र सहजीकरण संघका सचिव सुनाराम विश्वकर्माले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button