प्रहार समाचार । काठमाडौँ, १० मंसिर २०८१ सोमवार । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् । काठमाडौंको धरहरा परिसरमा आज आयोजित कार्यक्रममा ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।
ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए । एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि शुरू भई पुस ६ गते सम्पन्न हुने छ ।

























