हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीका ८ जना एसएसपीहरूको डिआइजीमा बढुवाकालागि सिफारिस

प्रहार समाचार । काठमाडौं, १० मंसिर २०८१ सोमवार । नेपाल प्रहरीका आठ जना  एसएसपीहरू डिआइजीमा बढुवाकालागि सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको हिंजो बसेको बैठकले नेपाल प्रहरीको जनपदप्रहरी तर्फका आठ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राई द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुबराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् । बढुवा समितिको सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आठ जनाको  बढुवा हुनेछ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button