हेडलाईनसमाचारबन्दीपुरगण्डकी

पहाडकी रानी बन्दीपुरमा कलात्मक अवलोकेश्वर गुम्बा निर्माण

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८१ सोमवार । पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरि  बन्दीपुर गाउँपालिकामा एउटै पिल्लर पाउण्डेशन भएको कलात्मक अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ ।

भियतनामका इन्जिनियरको सहयोगमा पालिकाको वडा नं- ४ मा  स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन गणेशबहादुर गुरुङ एक्लैले १० लाख बढि  सहयोग  गरेका थिए। पूर्व सैनिक हवल्दार रहेका  गुरुङले सामाजिक काम गर्न पाउँदा खुशी लागेको बताए । ‘गुरुङ जाति र समुदायका लागि केहि गरौं भन्ने लागेर गुम्बा बनाएको हुँ’ गुरुङले भने ।

गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने विश्वास बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले लिएका छन्। ‘ यसले बन्दीपुरको पर्यटन प्रबर्धनमा एउटा इट्टा थाने काम गरेको छ ‘ अध्यक्ष थापाले भने ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button