हेडलाईनसमाचारगण्डकीविजनेस

शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लमजुङको ११ औं बार्षिक साधारण सभा सम्पन्न

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । १० मंसिर २०८१ सोमवार । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा नेपाल शिक्षक संघद्धारा सञ्चालित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा  सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं  वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले सहकारीका वारेमा धेरै टिका टिप्पणी भए पनि शिक्षक सहकारी सस्थाले सहकारीको नीति नियम भित्र रहेर सञ्चालनमा रहेको आइले पाएको बताए । मन्त्री पौडेलले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्नु स्वभाविक भएको भन्दै ति समस्यालाई क्रमिक रुपमा सुधार गर्दै अघि बढ्न सुझाव दिए । आर्थिक पारदर्शिता र सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाप्रति सञ्चालक समिति, सेयर सदस्य र कर्मचारी इमान्दार हुनुपर्ने मन्त्री पौडेलको जोड  थियो ।


२०६८ सालमा ६४ जना शेयर सदस्यहरुबाट सुरु भएको शिक्षक वचत तथा ऋण सहकारी सस्थामा हाल १ सय ९४ जना शेयर सदस्य पुगेको कार्यक्रमका सभापति एवं शिक्षक साकोसका अध्यक्ष अंगराज घिमिरेले जानकारी दिए । सस्थाको प्रतिवेदन प्रस्तुत गर्दै घिमिरेले पछिल्लो समयमा केहि सहकारीमा देखिएको समस्यालाई लिएर समग्र सहकारीलाई नै अविश्वास गर्न नहुनेमा उनको जोड थियो ।


१६ लाख शेयर पुजीबाट सुरु भएको साकोसको शेयर पुँजी हाल १ करोड  १६ लाख ९४ हजार ४ सय ९० रुपैयाँ ३९ पैसा कारोबारमा रहेको छ । आर्थिक बर्ष २०८०/०८१ मा १ करोड १३ लाख ७५ हजार ५ सय ९८ रुपैयाको कारोवार गरेको साकोसले १७ लाख ७२ हजार मुनाफा आर्जन गरेको जनाएको छ ।

साधारण सभामा कोषाध्यक्ष महादेव अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत  गर्दै शेयर सदस्य १ सय ९४ जना,शेयर पुजी ४ करोड ३७ लाख ८ हजार, कुल वचत संकलन १ करोड ४० लाख ९० हजार ४७,कुल ऋण लगानी  ३१ लाख ७२ हजार ४८,ऋण असुली,असल ऋण ५६ लाख ४८ हजार ६ सय ९०.१६,संकास्पद ऋण २६ लाख ४३ हजार २ सय २०,खराब ऋण १० लाख १३ हजार ४ सय ५७,बचत फिर्ता १७ लाख ८१ हजार १ सय ७० रहेको बताए ।

लेखा समिति संयोजक इन्दिरा कार्कीले लेखा समितिको प्रगतिको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा  नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख  हरिप्रसाद बराल,नेपाल शिक्षक युनियन लमजुङ जिल्ला अध्यक्ष एवं ने.का.लमजुङ क्षेत्र नम्बर ख का सभापति रघुनाथ गुरुङ, ने.का.लमजुङ जिल्ला कोषाध्यक्ष सृजना  गुरुङ,नेपाल शिक्षक संघका केन्द्रिय सदस्य नुर मोहम्मद मिया,नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी ,लमजुङ जिल्ला सहकारी संघ को उपाध्यक्ष राधादेवी श्रेष्ठ,नेपाल शिक्षक संघ लमजुङ जिल्ला अध्यक्ष सुर्य बहादुर के.सी.,साकोसका पुर्व अध्यक्ष सुर्य बराल लगायतले त्यस अवसरमा आ- आफ्नो  मन्तव्य राखेका थिए ।


साधारण सभाका अवसरमा संस्थामा नियमित बचत , उत्कृष्ट कारोबार गर्ने असल बचतकर्ताको रुपमा विमाया गुरुङ दोर्दी ४ नौथरलाई २ हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

साकोसका सचिव काशीनाथ अधिकारीले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष नानुमाया रिमालले  धन्यवाद ज्ञापन गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button