प्रहार समाचार । तनहुँ, ९ मंसिर २०८१ आइतवार । तनहुँको भानु जन्मस्थल विकास समितिको अध्यक्षमा रामकुमार श्रेष्ठ नियुक्त भएका छन्।

भानु नगरपालिकाले श्रेष्ठलाई हिंजो जन्मस्थल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । नगर प्रमुख आनन्दराज त्रिपाठीले श्रेष्ठलाई विकास समितिको अध्यक्ष पदको पत्र हस्तान्तरण गर्दै श्रेष्ठको कार्यकालमा जन्माथल विकास समितिका अधुराकामहरु पूरागर्दै भानु जन्मस्थल र भानुको सेरोफेरो चुँदी रम्घालाई साहित्यिक तिर्थस्थलका रुपमा विकास हुने विश्वास लिए । श्रेष्ठ भानु नगरपालिका वडा नम्बर ४ निवासी हुन्।
संघीय सरकार मातहत रहेको विकास समिति स्थानीय तहमा आएपछि नगरपालिकाले श्रेष्ठलाई विकास समितिको अध्यक्ष नियुक्ति गरेको हो । नेपाली कांग्रेस भानु नगरसमितिका सभापति हुन् ।

























