प्रहार समाचार । काठमाडौँ, ७ मंसिर २०८१ शुक्रवार । काठमाडाै महानगरपालिका महानगर प्रहरी बलले नेपाल कम्म्यूनिष्ट पार्टी ( एमाले ) लाई १ लाख जरिवाना गरेको छ। हेर्नुहोस् जरीवानाको पत्र :

एमालेले आज वडा नं १ दरवारमार्ग स्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा पेटिहरुमा जथाभावी फोहर मैला गरि वातावरण प्रदुषण गरेकोले उक्त जरिवाना गरेको हो ।
महानगर प्रही बलले फोहरमैला व्यवस्थापन ऐन , २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम १ लाख जरिवाना गरेको काठमाडौँ महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लिलाराज गछा द्वारा हस्ताक्षित पत्रमा उल्लेख छ।
























