प्रहार समाचार । तनहुँ, ७ मंसिर २०८१ शुक्रवार । व्यास नगरपालिका वडा नं ११ , सेरा घर भएका यूवा व्यवसायी एवं सामाजिक अभियान्ता भानुभक्त सोतीले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर सामाजिक क्षेत्रमा सहयोग गरेका छन्।

सोतीले आफूले प्रारम्भिक शिक्षा लिएको आफ्नै घर नजिकैको व्यास ११ , सेरामा रहेको वसन्त आधारभूत विद्यालयमा अध्ययनरत (कक्षा १-८) का विद्यार्थीहरूलाई झण्डै १५ हजार मूल्य बराबरका कापी , कलम , लगायत अन्य स्टेसनरी सामाग्रीहरु वितरण गरेका हुन् ।

‘आजका साझेदार भोलीका कर्णधार कलिला भाई बहिनिहरुलाई जन्म दिनको अवसर पारेर सानो सहयोग गर्न पाउँदा खुशी लागेको सोतीले प्रहार समाचारलाई बताए । युवा उद्यमी सोतीले आफ्नो जन्म दिनमा आज विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेकोमा विद्यालयले धन्यवाद दिएको प्रधानाध्यापक माधव खनालले बताए ।

























