हेडलाईनव्याससमाचारगण्डकी

देउसी भैलो खेलेको रकमले विद्यार्थीहरूलाई स्विटर र मोजा वितरण 

• सुशिल बि क ( प्रशिक्षार्थी पत्रकार  ) प्रहार समाचार । तनहुँ, ७ मंसिर २०८१ शुक्रवार । देउसी भैलो खेलेको रकम अनावश्यक खर्च नगरि दमौलीका केहि युवाहरुले गरिव तथा विपन्न विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्विटर र मोजा बितरण गरेर उदाहाणीय कार्य गरेका छन् ।

तनहुँ दमौलीका सामाजिक अभियन्ता सुदिप गफ्फार नेतत्वको युवाहरुको टोलिले व्यास ११ स मूलपानीमा रहेको चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत २४ जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेकाे विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर अधिकारीले बताए ।

गफ्फार सहित उनका साथीहरू  सुन्दर प्रजापती , सुशील वि.क.,चाङ्ग शाह ,सुनिल क्षेत्री ‘लाउरे’ मिलेर उक्त सहयोग गरेको बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button