• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ ७ मंसिर २०८१ शुक्रवार । लमजुङ प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर – ४,दुई पिप्लेमा सञ्चालन गरेको सार्वजनिक सुनुवाईमा सार्वजनिक यातायातको भाडादर कार्यान्वयन हुन नसकेको बारेमा सेवाग्राहीले गुनासो गरेका हुन ।

हिजो जिल्ला प्रहारी कार्यालय लमजुङको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा त्यस्तो गुनासो आएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमका अधिकांश सहभागीले जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन नभएको र मध्य नेपाल क्षेत्रमा ३ पाङ्ग्रे सवारी साधनले मनलाग्दी बढी भाडा असुल्ने गरेको जानकारी दिए ।
बढी भाडा लिने गाडीका बारेमा उजुरी गर्दा यसअघि बढी भाडा फिर्ता गर्ने गरेकोमा पछिल्ला दिनमा त्यस्तो कार्य पनि हुन छोडेको सेवा ग्राहीले गुनासो छ। भारतीय सैनिकहरूको पेन्सन समस्या सहजिकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई सहाभागीले ध्यानाकर्षण गराएका थिए ।
सोही अवसरमा अपराधीक क्रियाकलापमा सम्लग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र राजनीतिक आडमा अनुसन्धान फितलो हुन नदिन समेत सहभागीले अनुरोध गरेका हुन । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले – अपराध न्यूनीकरणमा प्रहरीलाई सबै नागरीकको साथ र सहयोग हुनुपर्ने बताउदै नगरपालिकाको प्रहरी र जनप्रतिनिधिहरू नागरिकको साथमा रहेको हुनु पदर्छ भन्नेमा आफू प्रष्ट रहेको बताए । सुशासन कायम गराउने कार्यमा प्रहरीलाई सघाउन नगरपालिका हर समय तयार रहेको नगर प्रमुख पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम बोल्दै लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्दबहादुर गुरुङले- लामो समयको अथक प्रयास पछि लमजुङ जिल्लामा सार्बजनिक यातायातको भाडादर कायम गरिएको छ । यसलाई जिल्लाभर लागु गरिए पनि कार्यान्वयनमा कतै कतै समस्या छ । अनुगमन गरेर त्यसलाई कारवाही गर्ने छौँ ।यस कार्यमा नागारिक स्वयम् सचेत हुन आवश्यक छ । बडी भाडा लिने सवारीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी गुरुङले खोलामा करेण्ट लगाएर माछा मार्ने कार्य गरे गराइएको पाइएमा नियम अनुसार कारवाही हुने र त्यस तर्फ सचेत हुन उपस्थित सबैलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले स्वागत तथा प्रहरी सहायक निरीक्षक आकाश तामाङले कार्यक्रमको सहजीकरण गरेका थिए

























