प्रहार समाचार । तनहु , ७ मंसिर २०८१ शुक्रवार । वेद अनुवाय प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितितथा विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्यसमिति तनहुँको संयुक्त आयोजनामा नवौं विश्व ॐकार तथा हिन्दू महामिलन पर्वको अवसरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको आय विवरण सार्वजनिक गरिएको छ
आज व्यास गुफामा आयोजित पत्रकार सम्मेलन गरेर उक्त महायज्ञको आय व्यय विवरण सार्वजनिक गरिएको हो।

समितिले नवौँ विश्व ॐकार तथा हिन्दू महा मिलन पर्वको अवसर पारेर गत कार्तिक २१ गते देखि २८ गतेसम्म व्यास गुफामा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरेको थियो।
उक्त महायज्ञमा रसिदबाट प्राप्त दान ९ लाख ५५ हजार ७ सय ९४ रुपैयाँ, दान पेटीकामा प्राप्त भएको ३३ हजार ४ सय ७० रुपैयाँ , मण्डप तथा पुस्तकमा चढाइएको ५५ हजार २५ रुपैयाँ रहेको आर्थिक समितिका संयोजक निर्मला वाग्ले न्यौपानेले जानकारी गराइन ।
त्यसै गरि उक्त यज्ञमा दक्षिणा , प्रसादी लगायत अन्य प्राविधिक लगायतमा गरि ५ लाख ५० हजार ७ सय ८४ रुपैया खर्च भएको समितिका महासचि ऋषिराम ढुङ्गाना ‘सेवक ‘ जानकारी दिए । यज्ञ अवधिभरी श्रीमद्भागवत महापुराणको प्रमुख वाचक वेद अनुवाय प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका अध्यक्ष पं कृष्ण कान्त काफ्लेले जम्मा पाँच रुपैया मात्र दान लिनुभएको महासचि ढुङ्गानाले जानकारी दिए ।
बचत हुन आएको ४ लाख ९३ हजार ५ सय ५ रुपैयाले व्यास गुका परिसरमा निर्माण गरिएको अधुरो प्रवचन हलको निर्माणमा खर्च गरिने र उक्त खर्चले समेत नपुग्ने समितिले जनाएको छ। उक्त पत्रकार सम्मेलनमा शान्ति स्वरुपानन्द दापोदर माता , समितिका सचिव अञ्जनराज न्यौपाने आजिवन सदस्य भाग्यशालि ढुङ्गाना , पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

























