हेडलाईनसमाचारगण्डकी

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) को हालसम्म ६८ प्रतिशत प्रगति काम सम्पन्न

प्रहार समाचार । तनहुँ, ७ कात्तिक २०८१ शुक्रवार । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) को हालसम्म ६८ प्रतिशत प्रगति काम सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले का अनुसार आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको छ।  यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । 

यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ ।

पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ । 
पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही  दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले प्रहार समाचारलाई बताए । उनले भने – ‘ दिन रात नभनी काम धमाधम अगाडी बढेको छ । ‘



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button