• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । ६ मंसिर २०८१ मंसिर ६ विहीवार । लमजुङ जिल्लाको वडा नम्बर-११,मा रहेको वडा शिक्षा समितिको आयोजनामा वडा भित्र रहेका १० विद्यालयका अध्यक्षहरु, प्रधानध्यापकहरु र वडा शिक्षा समितिका पदाधिकारीहरु विच भएको शैक्षिक अन्तकृया कार्यक्रम वडा अध्यक्ष एवं वडा शिक्षा समितिका अध्यक्ष शिव प्रसाद जोशीको अध्यक्षतामा आज सम्पन्न भएको छ।

उक्त बैठकले वडा भित्रका विद्यालयका सम्पूर्ण शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित शिक्षा समितिले नेपालका केही नमूना विद्यालयमा शैक्षिक अवलोकन भ्रमण गर्ने, वडा भित्रका सम्पूर्ण विद्यालयले वडा शिक्षा समितिको शैक्षिक क्यालेन्डर अनुसार विदा लगायतका कार्यक्रममा एक रुपता कायम गर्ने निर्णय गरेको छ।

यसै गरि उक्त बैठकले वडा भित्रका सम्पूर्ण शिक्षकबाट बालिषक रूपमा केही रकम उठाएर शैक्षिक कोष खडा गर्ने र उक्त कोषमा रहेको रकमले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार लगायतमा खर्च गर्ने, वडा भित्र रहेका विद्यालयले विधार्थी भर्ना अभियानमा साझा एजेन्डा बनाइ भर्ना अभियान संचालन गर्ने , वडा भित्रका विद्यालयका अभिभावकहरुलाइ शैक्षिक सचेतना बढाउन शैक्षिक अन्तरकृयामा सामेल गराउने लगायतका निर्णय गरेको जनाइएको छ। बैठकको सहजीकरण वडा शिक्षा समितिका सचीव एवं यूवा ज्योति प्राथमिक विद्यालयका प्रधानध्यापक रमेश विस्टले गरेका थिए ।





















