व्यासहेडलाईनसमाचारगण्डकी

खोलामा घर : ढिलोगरि खोला र नदीको मापदण्ड तोक्दै व्यास नगरपालिका


प्रहार समाचार । तनहुँ ८ साउन २०८१ मङ्गलबार । तनहुँको व्यास नगरपालिकाले ढिलो गरि खोला र नदीको मापदण्ड स्पष्ट पार्ने भएको छ। खोला र नदिको मापदण्ड स्पष्ट नपार्दा खोला तथा नदि मिचेर भौतिक संरचना बनेकाले बाढीले जन धनको क्षति हुने गरेको छ। कतिपय घरहरु खोलाको मापदण्ड मिचेर खोलाको तिरैमा घरहरू बनेका छन् ।

हेर्नोस् व्यास १ बुल्दी खोलामा नै बनेका घरहरु :

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको सोमबारको नियमित बैठकले उक्त निर्णय गरेको हो । यसका साथै व्यास नगरपालिका भित्र हालै आएको बाढी , पहिरो , हावाहुरीबाट प्रभावित विद्यालय, घरगोठ, कुवा , खेत लगायतमा पुऱ्याएको क्षतिको विषयमा पीडितहरूलाई राहत उपलब्ध गराउने समेत उक्त बैठकले निर्णय गरेको छ।

जिल्ला विपदबाट सम्बोधन हुनसक्ने पीडितहरूलाई सम्बन्धित वडाको प्राविधिक प्रतिवेदन समेतले लिएर सहयोग पुर्याउने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button