हेडलाईनसमाचारप्रदेश

पूर्व राज्यमन्त्री रायको हत्या

प्रहार समाचार । सलीही ७ साउन २०८१ सोमबार । सर्लाहीका पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । नचिनेका मान्छेको समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको पनि उनले बताए ।अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गएराति चन्द्रनगर गाउँपालिका वडा नं १ मा रहेको उनको घरमा नै  हत्या भएको प्रहरीले जनाएको छ ।

८० वर्षीय राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए । उनी परिवारसहित मलङ्गवा बस्ने गरे पनि बेलाबेला चन्द्रनगरमा रहेको पुरानो घरमा जाने गर्थे ।

उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । रायको हत्या कसले  गरेको हो भन्ने बारेमा भने अहिले सम्म खुल्न सकेको छैन । खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button