हेडलाईनव्याससमाचारगण्डकी

दमौलीमा नि:शुल्क रोटर्‍याक्ट मेहेन्दी मेला

प्रहार समाचार । २ साउन २०८१ बुधबार । तनहुँको सदरमुकाम दमौलीमा निशुल्क मेहेन्दी मेला सम्पन्न भएको छ । साउने संक्रान्तिको अवसरमा मंगलबार दमौली स्थित अनसन चौतारीमा रोटर्‍याक्ट मेहन्दी मेला सम्पन्न भएको हो ।


कार्यक्रममा व्यास नगरपालिकाकी  उप-प्रमुख इन्दिरा दरैले नेपाल विभिन्न धर्म, संस्कृति, रितिरिवाज र परम्पराले धनि मुलुक भएकाले  संस्कृतिको जगेर्ना गर्न युवाहरुको योगदान महत्वपूर्ण रहने बताइन् । त्यस अबसरमा उपप्रमुख दरै मेहन्दि कार्यक्रममा सहभागी भईन् । उपप्रमुख दरैलाई रोट्याक्टका पदाधिकारीहरुले मेहन्दि लगाइदिएका थिए ।

कार्यक्रममा महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले साउन महिनाको बारेमा र साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्व रहेको बताइन् ।

रोटरी क्लब अफ दमौलीका आगामी अध्यक्ष बिणा कैनी, इनरव्हील क्लब अफ दमौलीकी अध्यक्ष नारायणी मल्ल लगायतले त्यस अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा व्यास ३ की वडासदस्य बिनु श्रेष्ठ, लियो क्लव अफ तनहुँ सागर घिमिरे, टिम नेपो तनहुँका अध्यक्ष वर्षा सारु लगाएतको उपस्थिति रहेको थियो ।

परम्परालाई निरन्तरता दिन तथा एक आपसमा सद्भाव साटासाट गर्ने उद्देश्यले हरेक वर्ष मेहन्दी मेला आयोजना गरिएको क्लबले जनाएको छ ।

मौलिक चलनअनुसार यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायो लगायतका वनस्पतिहरू बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर अझै रहेको छ । नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टो चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ ।

त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास छ । साथै साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन्। महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ।
कार्यक्रममा एक सय भन्दा बढीले मेहेन्दी लगाएका थिए ।
रोटर्‍याक्ट क्लव अफ दमौली, रोटरी क्लब अफ दमौली र इनरव्हील क्लब अफ दमौलीको संयुक्त आयोजनामा मेहन्दी मेला सम्पन्न भएको थियो ।

कार्यक्रम रोटर्‍याक्ट क्लव अफ दमौलीका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button