प्रहार समाचार । काठमाडौ १ साउन २०८१ मंगलबार । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी आज साउन १ गते बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर चार रुपैया तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाले बढाएको हो ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १ सय ६८ रुपैयाँ ५० पैसा, १ सय ७० र १ सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ र १ सय ६० कायम भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको हिंजोको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता ठाकुरले बताए ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिपो/ कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।
यस्तो छ मूल्य सूचि :

























