प्रहार समाचार । चितवन २८ असार २०८१ शुक्रबार । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत पर्ने सिमलतालमा लेदोसहितको पहिरोमा परेर दुई बस त्रिशुली नदिमा खसेको आशंका गरिएको छ। एउटा बस त्रिशुली नदिको किनारको भेलमा अड्किएको छ।

ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । .घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।
























