हेडलाईनव्याससमाचारगण्डकी

संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघको १८ बुँदे माग

प्रहार समाचार । तनहुँ २६ असार २०८१ । तनहुँको दमौलीमा स्थापित संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघले आज दमौलीमा पत्रकार सम्मेलन गरी बैङ्क तथा बित्तीय संस्थाहरुले  उद्योगी, व्यापारी तथा व्यवसायी हरुमाथि मच्याएको आतङ्क तत्काल बन्द गर्नुपर्ने लगायतका १८ बुँदे मागहरु राखेका छन् ।

पत्रकार सम्मेलनमा बेल्दै नेपाल कम्यूनिष्ट पार्टी माओवादी गण्डकी प्रदेशका सदस्य डिल बहादुर नेपालीले उद्योगी, व्यापारी तथा व्यावसायीहरु एक भएर बैङ्क तथा बित्तिय संस्थाहरुको ज्याजती कदापी शैह्य नहुने बताउँदै यसलाई राजनैतिक मुद्दा बनाएर अगाडी बढ्न सुझाए ।


संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ तनहुँका संयोजक गिर बहादुर ( मित्र) दुराले स्वदेशमै केही गर्छु भन्ने नेपाली उद्योगी, व्यवसायी र कृषकहरुको अवस्था दिन प्रतिदिन कहालीलाग्दो बन्दै गइरहेको बताउँदै आर्थिक मन्दिको वर्तमान समयमा बैंक तथा बित्तीय संस्थाहरुको अराजकता, राष्ट्रबैंकको निरिहता, कानुन निर्माताहरुको बहुलट्ठीपना र सरकारको संवेदनहीनता कारण उद्योगी, व्यवसायी र कृषकहरु आजीवन ऋणको दलदलबाट निस्कन सक्ने स्थिति नरहेको बताए ।

त्यस अवसरमा वितरित विज्ञप्तिमा व्यावहारिक रूपमा सच्चिन नचाहने बैंक तथा वित्तीय संस्थाहरूलाई बहिष्कार र तालाबन्दी गर्ने र व्यवसाय मैत्री कानुन संशोधनका लागि कानुन निर्मातालाई दबाब दिन , बैंक तथा वित्तीय संस्था र कालो सूची सम्बन्धी एकपक्षिय ऐन कानुन र निर्देशिकाहरू जलाउने , व्यवसायका ताला चाबी सरकारलाई बुझाउने  , व्यवसायीको जग्गाधनी पूर्जा सरकारलाई बुझाउने , सामूहिक गिरफ्तारी दिने बैंकका भाडाका गुण्डाहरुलाई लखेट्ने सम्मका भीषण संघर्षमा उत्रने कार्यक्रम रहेको उल्लेख गरिएको छ।


मागपत्रमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी व्यवसायीको घर समाज चाहने काम बन्द गरियोस्,परिस्थितिजन्य उद्योगी व्यवसायी र कृषकलाई कालोसूचीमा राख्ने सिफारिस बन्द गरियोस्,एक पक्ष बैंक तथा वित्तीय संस्था ऐन कानुन र निर्देशिका तत्काल संशोधन गरियोस्,उद्योगी व्यवसायी र कृषकलाई सुकुम्बासी बनाउने काम बन्द गरियोस्, जनप्रतिनिधिहरूले लिलामी सकार्ने एनबिए थुपार्ने बैंक र बैंकिङ गिरहलाई सहयोग नगरुन्,स्थानीय तह र जनप्रतिनिधिहरूद्वारा व्यवसायीहरूको संरक्षणका लागि बैंकहरूलाई ध्यानाकर्षण गराइयोस्,पर्दा पछाडिको लिलामी सकार्ने बैंक  गिरोहको छानबिन गरियोस्,एक वर्षका लागि ब्याज किस्ता बिदा गरेर थप कर्जा प्रवाह गरी व्यवसाय प्रवर्द्धन गर्ने समय दिनुपर्ने जस्ता १८ वटा मागहरू राखेका छन् ।


त्यस अवसरमा संयुक्त उद्योगी , व्यवसायी तथा कृषक सङ्घ तनहुँका सचिव ईश्वर राज पन्थ,नेपाल वन पैदावार सङ्घका केन्द्रीय सदस्य देव रसाइली, घरजग्गा व्यवसायी समितिका अध्यक्ष श्याम मौरातीलगायतले बैंक तथा वित्तीय संस्थाहरूले गरेका ज्याजतितको बारेमा चर्चा गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button