प्रहार समाचार । काठमाडौँ २५ असार २०८१ । नेपालमा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा दक्षिणतर्फ अवस्थित रहेको छ। आज बिहान नै देखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा मौसम बदलिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालभरि नै मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
यस्तै मंगलवार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । ‘कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
























