हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

बाढी, पहिरोमा परि  ७४ जनाको मृत्यु : गण्डकीमा २२ जनाको गयो ज्यान

प्रहार समाचार । काठमाडौँ २४ असार २०८१ । अविरल वर्षाको कारण  आएको बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी देशका विभिन्न स्थानमा सोमबार सम्ममा ७४ जनाले ज्यान गुमाउनु परेको छ। गण्डकी प्रदेशमा मात्रै सबै भन्दा बढि २२ जनाको अकालमा नै ज्यान गएको छ। तस्विर: फाईल फोटो

 प्रहरी प्रधान कार्यालयले काठमाडौंले दिएको तत्थ्याङ्क अनुसार विपद्‍मा परी काठमाडौं उपत्यकामा १ , कोशी प्रदेशमा १८ , मधेश प्रदेशमा ३ , बागमती प्रदेशमा ४ , गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८ , कर्णाली प्रदेशमा ४  र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी  ७४ जनाको मृत्यु भएको  छ । 

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् ।

यसैगरी कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।  

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएको प्रहरीको तत्याङ्कमा उल्लेख छ । यो तत्थ्याङ्क गत जेठ २८ गते यताको हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button