प्रहार समाचार । काठमाडौँ, बैशाख १६ । शुक्रबार प्रति तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४०० रुपैयाँ बढ्दै १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


























