प्रहार समाचार । बैशाख १६ । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि अहिले सर्वदलीय बैठक बस्दै छ ।
सर्वदलीय बैठक लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए ।

सर्वदलीय बैठकका लागि सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरुको उपस्थिति रहेको छ। बैठक पछि इलाम नगरपालिका–२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिने भएको छ ।
इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

























