
बा ! नेता बन्नु भएन
त्येसैले त म किसान बने
उस्को बाबु नेता थियो
छोरो पनि बिरासत् धान्न
पार्टीको असल नेता बन्यो।पार्टीको मान्छे त बन्नु भए छ! बा
झोले बन्न सक्नु भएन?
उ नेताकै छोरो पर्यो
उ नेता बन्नेमा पर्यो
बिरासत धान्नु थियो
असल नेतामा पर्यो
तपाईको त्याग झोला बोक्नेमा पर्यो।कस्ले भन्छ गरेन भनेर!बा
तिमीले नदेखे पनि
देख्नेले देखेकै छन्
त्येसैले त! बा
उ आँखाको नजरमा पर्यो
तेसैले उ असल नेतामा पर्यो
तिमी तल तल झऱ्यौ
नेताकै छोरो पर्यो
उ माथि माथि चड्यो
उ नेतामा पर्यो
तिमी सधै झोला बोक्नेमा नै पर्यौ।जुलुसमा त हिडनु नि !बा
तिम्रै अगुवाइमा हो रे ?
तिम्रो बिरासत् पोखिएको होला
त्येसैमा पोतियर निस्कने छ उ ! बा
झोला थोत्रो भएपनि बोक्दै गर
थोत्रो झोला बोकेर एक दिन उसैको ढोकामा उभिने छौँ । र भन्ने छौँ – हाम्रा नेता जिन्दावाद । तनहुँ
श




















