हेडलाईनसमाचारबागमती

“मन्त्रीमण्डल पुनर्गठन हुन्छ ” – प्रधानमन्त्री दाहाल

प्रहार समाचार । काठमाडौ, माघ २७ शनिवार ।प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । 

सोनाम ल्होछारको अवसर पारेर आज काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गर्दै मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गरे । 

  सो अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो  ।

उनले भने, ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु–पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईँहरूले राम्रोसँग चिन्नुभएको छ । यसको वरिपरि गोलबन्द हुन पनि म विशेष अपिल गर्न चाहन्छु । फेरि पनि हामी शक्तिशाली हुनेछौँ । पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धिहरू हामी प्राप्त गरी छोड्ने छौँ प्रधानमन्त्री दाहालले जोड दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button