हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

त्रिविविको उपकुलपतिका लागि दरखास्त दिएकाहरुको नाम प्रकाशित

प्रहार समाचार । काठमाडौँ, माघ२६ शुक्रवार ।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएकाहरुको सर्टलिष्टमा नाम प्रकाशित गरिएको छ।


दरखास्त दिएका ४३ जनामध्ये  १४ जना सर्टलिष्टमा परेका छन्। सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वको उपकुलपति सिफारिस समितिले १४ जनाको नाम छनोट गरेका हुन्।

सर्टलिस्टमा पर्नेहरूमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन्। छनोट भएका १४ जनाले शिक्षा मन्त्रालयमा माघ २९, फागुन १ र २ गते सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नेछन्।

त्यसपछि अब्बल ठहर हुनेलाई समितिले उपकुलपति नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो।  कात्तिक १७ गते प्रा.डा. शिवलाल भुसालले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button