प्रहार समाचार । सप्तरी माघ २५ बिहिवार । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्दै उनको नाममा सप्तरीमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसमा रहेको समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गरेका हुन् ।

रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले उक्त छात्रवृत्ति अक्षय कोष स्थापना गरि प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जनाएको छ।जानकारी क्याम्पसले दिएको छ ।


























