व्यासहेडलाईनसमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, माघ २२ सोमवार । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा त्रिवि, मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा एमए  (समाजशास्त्र) विषयमा प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सोमबार साँझ क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ।

    मानविकी तथा समाजशास्त्र विभागका विभागीय प्रमुख बिमल गिरीको अध्यक्षतामा भएको सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख एवं क्याम्पसको मानविकी तथा समाजशास्त्र विभागका संस्थापक विभागीय प्रमुख तथा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले समाजको विहङ्गम अध्ययन तथा अनुसन्धान गर्ने एम एस समाजशास्त्रका विद्यार्थीहरुले बदलिँदो र विश्वव्यापीकरणको अङ्ग बनेको हाम्रो नेपाली समाजमा देखिएका नयाँ सामाजिक समस्या र अवसरहरूका बारेमा नयाँ शिराबाट अध्ययन अनुसन्धान गर्न लाग्नुपर्ने बताए ।


कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले  विद्यार्थीहरूको दुई वर्षको अध्ययन र अनुसन्धान कार्यलाई अत्यन्त सहज, फलदायी र सफल बनाउन क्याम्पसले यथासक्य सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रमका सहभागी अतिथि र विद्यार्थीहरूलाई सहायक क्याम्पस प्रमुख सागर पौडेलले स्वागत गरे भने क्याम्पसको आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विश्वेश्वर तिमिल्सिनाले क्याम्पसको शैक्षिक गुणस्तरका लागी विद्यार्थीहरूबाट गरिएका अपेक्षाहरूको बारेमा चर्चा गरे । 

सो अवसरमा विद्यार्थीहरूलाई प्रथम सेमेस्टरको पाठ्यक्रम, कक्षाको रुटिन र मूल्याङ्कनको ढाँचाका प्रतिलिपिहरु वितरण गरिएको थियो । विद्यार्थीहरूलाई विषय प्राध्यापकहरू क्रमश:  तिलबहादुर थापा, गजेन्द्र पौडेल, विष्णु हड्खले, राम खनाल र धनबहादुर थापाले आफूले अध्ययन गर्ने विषयहरूको पाठ्यक्रमको प्रबोधिकरण गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण सहायक प्राध्यापक विष्णु हड्खलेले गरेका थिए । २०६३ सालदेखि एमए समाजशास्त्रको अध्ययन अध्यापनको व्यवस्था मिलाउँदै आइरहेको क्याम्पसले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button