आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

आँबुखैरैनीमा लागु औषध सहित तीन पक्राउ

प्रहार समाचार । तनहुँ, माघ २१ आइतवार । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले छुटा छुट्टै स्थानबाट तीन जनालाई लागु औषध सहित  पक्राउ गरेको छ ।


आँबुखैरेनी गाउँपालिका–२ ढकालटारबाट सोही ठाउँ बस्ने  वर्ष ३४ को जिवन भन्ने गिरबहादुर मगरले हरियो रङगको फेन्सी झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

निजबाट  डाईजिपिए १२१ एम्पुल, फेरागन नौ एम्पुल, बुफ्रिन ९ एम्पुल गरी तीन सय ७० एम्पुलका साथै निट्रेभेट १० लेखिएको २० पत्तामा तीन सय ट्याप्टेल फेला परेको थियो ।
यसैगरी आँबुखैरेनी–३ पानीघट्टाबाट सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने वर्ष २५ को भरत भन्ने ओमबहादुर मगर र सोही ठाउँ बस्ने  वर्ष १९ को रितेश थापा मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिईएको छ।

प्रहरीका अनुसार उनिहरुले लुकाई छिपाई राखेको डाईजिपिएमा नौ एम्पुल, फेरागन नौ एम्प्युल, बुफ्रिन नौ गरी २७  एम्पुलका साथै निट्रेभेट १० लेखिएको ४३ पत्ता लागु औषध फेला परेको छ । पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट आईतबार सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको डिएपी खाँडले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button