प्रहार समाचार । तनहुँ, माध २१ आइतवार । नेपाली कांग्रेस प्रदेश सभा २ को आयोजनामा शनिबार भिमाद बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

उक्त रक्तदान कार्यक्रमको कांग्रेस तनहुँका सभापति एवम गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले ब्लड व्याग पहिलो रक्त्तदाता सुमन थापामरलाई हस्तान्तरण गर्दै उद्घाटन गरे। त्यस अवसरमा बोल्दै मन्त्री आलेले रक्त दान जीवनदान भएको बताए । उनले अझैपनि धेरै विरामीहरु रगतको अभावमा मृत्युको मुखमा पुग्न परेको चर्चा गर्दै उनले सक्षम व्यक्तिहरुले रक्तदान गरि पुन्य कमाउनुपर्ने बताए ।

नेपाली कांग्रेसले शहिद सप्ताह अन्तर्गत समुदायमा कांग्रेस अभियानको अवसरमा रक्त्तदान कर्यक्रम गरिएको र ३० पिन्ट रगत संकलन भएको प्रदेश सभा २ का कांग्रेस सभापति इन्द्रबहादुर आलेले बताए । रक्तदान नेपाल रेडक्रस सोसाईटी तनहुँ रक्त्तसंचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।


























